असोज ०६, २०८१, आइतबार
               

सर्लाहीमा दुई महिलाबीच कुटाकुट, एकको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

सर्लाही । बच्चाको झै–झगडालाई लिएर कुटाकुट हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । 

सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु भएको हो । 

सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि