बैशाख १६, २०८१, आइतबार
               

न्यून गुणस्तरको चामल बाँडेका व्यवसायीविरुद्ध मुद्दा दायर

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । 

राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको खाद्य प्रविधि कार्यालयले जनाएको छ  । 

गत चैत २८ गते नगरपालिकाले राहत सामग्रीमा वितरण गरेको चामल खान योग्य नभएको भन्दै राहत पाएकाहरुले विरोध जनाएका थिए । 

कार्यालयले चामलको नमूना संकलन गरी परीक्षण गर्दा चामल न्यून गुणस्तरको भएको रिपोर्ट दिएको थियो ।

खाद्य सामग्री उत्पादन र बिक्र वितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान भए पनि उद्योगसंँग खाद्य सामग्री बिक्री वितरण गर्ने अनुज्ञापत्रसमेत नभएको पाइएकाले मुद्दा दायर गरिएको कार्यालय जनाएको छ । 

खाद्य ऐन २०२३  उल्लंघन गरी न्यून गणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेको कसूरमा उनीमाथि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको छ भने लाइसेन्स नलिई खाद्य सामग्री उत्पादन र बिक्रिवितरण गरेका हकमा व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना गर्न सक्ने छ ।


कस्तो लाग्यो ?

यो पनि