कात्तिक १६, २०८१, शुक्रबार
               

जलाउँदै गरेको शव बाढीले बगाएपछि...

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । जलाउँदै गरेको  शव नै एक्कासी आएको बाढीले बगाइदिएको छ । यस्तो समाचार सुन्दा अचम्म पनि लाग्न सक्छ । तर, यो सत्य घटना हो । इलाम जिल्लाको फाकफोक खोलामा सोमबार दिउँसो आएको बाढीले बगाएर जलाउँदै गरेकाे शव बेपत्ता भएको हो ।

उक्त खोलामा आएको बाढीले मृत्यु भएका स्थानीय राम लकान्द्री नाम गरेका व्यक्तिको शव बेपत्ता भएको प्रहरीले जनाएको छ । जानकारी अनुसार त्यो समयमा चर्को घाम लागेको थियो ।

तर, चितामा राखेर जलाउँदै गरेको अवस्थामा शव  एक्कासी आएको बाढीले बगाएर बेपत्ता भएपछि खोजी भइरहेको छ । प्रहरीका अनुसार सुँगुरलाई चारो खोज्न जाँदा  लकान्द्रीको लडेर मृत्यु भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि