मंसिर ०७, २०८१, शुक्रबार
               

नेता सिटौलाका छोराको बिहे खर्च कोरोना कोषमा

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

कोरोना भाइरसका कारण लगाइएको लकडाउनको समयमै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका छोराले विवाह गरेका छन् ।

नेता सिटौलाका छोरा श्यामप्रसाद सिटौलाले आइतबार बिर्तामोडकी मनिषा विमलीसँग लगनगाँठो कसेका हुन् । उक्त विवाहमा नेता सिटौलासहित चार जना जन्ती र दुलहा मुखमा मास्क र हातमा सेनिटाइजर लिएर दुलही लिन पुगेको स्रोतले जनाएको छ ।

दुलहा श्यामप्रसाद नेता सिटौलाका एक्ला छोरा भएको र उनको विवाहमा हुने खर्च कोरोना कोषलाई हस्तान्तरण गरिएको पनि बताइएको छ । जानकारी अनुसार कोरोना भाइरसको संक्रमणसँगै देशमा लागु भएको लकडाउन खुल्ने निश्चित नभएका कारण तोकिएकै मितिमा विवाह गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि