मंसिर ०७, २०८१, शुक्रबार
               

युवाले बाँडे निःशुल्क खाना

रासस
बैशाख १६, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन जारी लकडाउनका कारण समस्याग्रस्त विपन्न वर्गलाई लक्षित गरी पौरखी युवा समूहद्वारा १० दिनसम्म सञ्चालित निःशुल्क खाना वितरणबाट १६ हजारजना भन्दा बढी लाभान्वित भएका छन् ।

समूहले प्रत्येक दिन खाना तयारी गरी प्याकिङ गर्दै विभिन्न स्थानमा खानाको अभावमा भोका परेकालाई निःशुल्क खाना खुवाउँदै आएको थियो । नौ जना युवा मिलेर आफ्नै खर्चमा यो सेवा गरिएको थियो ।

बन्दाबन्दीका कारण आफ्ना गाँउघर जान नपाएका विपन्न तथा सडकमै अलपत्र परेका र काम गर्न नपाएर भोका बनेका सर्वसाधारणलाई समूहले खाना खुवाउँदै आएको समूहका संयोजक जनक पराजुलीले बताए । खाना खुवाउनका लागि पोखरा महानगरपालिकाबाट वैशाख १५ गते सम्मका लागि अनुमति लिइएको र सोहीअनुसार सोमबार साँझसम्म खाना खुवाइएको उनले जानकारी दिए।

समूहले १० दिनसम्म खाना खान नपाएका सर्वसाधारणको तथ्याङ्क सङ्कलन गरी स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुर्‍याउने गरिएको समूहका सदस्य विष्णुप्रसाद बरालले बताए ।

उनका अनुसार समूहका अन्य सदस्यमा जनक पराजुली, विष्णुप्रसाद पौडेल, राजु शर्मा तिमिल्सिना, भानुभक्त अधिकारी, विष्णु प्रसाद बराल, प्रजापति अधिकारी, शिव थापा, राजेन्द्र पौडेल र खेमराज तिमिल्सिना रहेका छन् । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि