असोज ०६, २०८१, आइतबार
               

बाघको आक्रमणमा परी घाइते

रासस
बैशाख १६, २०७७

ADVERTISEMENT

बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारू गम्भीर घाइते भएका छन् ।  सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा  बाघले आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ ।

 
उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । लकडाउनका कारण गाउँ तथा शहरबजारमा मानिसकाे आवतजावत कम हुन थालेपछी ‌यसको असर पशुपंक्षीमा पनि देखिन थालेको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि