मंसिर ०७, २०८१, शुक्रबार
               

विदेशीसँग ट्रेकिङ आएका मजदुरको उद्धार

रासस
बैशाख १५, २०७७

ADVERTISEMENT

सङ्खुवासभाको मकालु हिमाल ट्रेकिङका लागि आएर अलपत्र परेका २५ जनालाई रसुवाको कालिका गाउँपालिकाले उद्धार गरेको छ । उनीहरू विदेशी पर्यटकको भरियाका रुपमा सङखुवासभा आइपुगेका थिए ।

उनीहरूलाई खाँदबारीमै अलपत्र परेका बेला आइतबार उद्दार गरिएकोे हो । उनीहरू विदेशी पर्यटकको सामान बोकेर लकडाउन सुरु हुनुको अघिल्लो दिन भोटखोला गाउँपालिकाको हटिया पुगेका थिए ।

त्यहाँ ६ दिन अपलत्र परेपछि भोटखोला गाउँपालिकाले अनुमति दिएर सदरमुकाम खाँदबारी पठाएको सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाका लोप्लाङ शेर्पाले जानकारी दिए । उनीहरू भोटखोलाबाट खाँदबारी आएपछि २६ दिन अन्नपूर्ण होटल, खुम्बुमा बास बसेको शेर्पाले बताए ।

मकालु हिमाल ट्रेकिङका लागि चैनपुरको गुफाखोखरी हुँदै आएका विदेशी पर्यटक भने सभापोखरी गाउँपालिकामा आइपुगेर रोकिएपछि आफू हटियाबाट फर्किएको शेर्पाले बताए । विदेशी पर्यटकहरु केही दिन अघि कैलाश एयरको हेलिकप्टरबाट फर्किएका थिए । 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि