जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ बुधबारसम्मको मौसम

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । 

यसका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको महाशाखाले जनाएको छ ।

अहिले (सोमबार बिहान) देशको केही स्थानमा सामान्य बदली भई वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै आज राति पनि देशभर सामान्य बदली रही अधिकांश स्थानमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगरबार देशभर सामान्य बदली रही केही  स्थानमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि