असोज ०६, २०८१, आइतबार
               

लकडाउनका बीच रक्तदान सम्पन्न

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नियन्त्रणको लागि जारी लकडाउनका बीचमा पनि रगत अभाव हुन नदिन काठमाडौंको धुम्बाराहीमा रक्तदान गरिएको छ । केन्द्रीय ब्लडबैंकको अनुरोधमा धुम्बाराही क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । भक्तपुर रेडक्रसको सहयोगमा भएको रक्तदानमा ७८ जनाले रक्तदान गरे । लकडाउनको आचारसंहिता पालना र सामाजिक दुरी कायम गर्दै भएको रक्तदानमा सांसद, समाजसेवी, स्थानीयलगायतको सहभागिता थियो ।

रक्तदानमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालले कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला रगत अभाव हुन नदिन सबै ठाउँमा रक्तदान गर्नु आवश्यक रहेको जोड दिए । उनले नेपालमा पनि कोरोना संक्रमित बढ्दै गएको बताउँदै सङ्क्रमित अझै बढेमा रगतको अभाव हुने खतरा औँल्याए ।

‘एक महिनायता जारी लकडाउनका कारण सबै गतिविधि ठप्प छन्, बिरामीलाई आवश्यक पर्ने रगतको समेत अभाव हुनसक्ने देखिएको छ, त्यो अभाव पूर्ति गर्न सबैले आ–आफ्नो ठाउँमा रक्तदानका कार्यक्रम राखेर सहयोग गरौंं’ नेता सिलवालले भने । उनले धुम्बाराही क्लबले लकडाउनको मान्यतामा रही रक्तदान जस्तो पवित्र कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे ।

काठमाडौं महानगरपालिका ४ का वडा सदस्य ध्रुव त्रिपाठीले यस्ता सामाजिक काम निरन्तर गरिने प्रतिबद्धता जनाए । 


कस्तो लाग्यो ?

यो पनि