वीरगञ्ज । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।
छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको भेटिएको हो ।
अर्का संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् ।
उनीहरु कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेका थिए ।
संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।