नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको शनिबार मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१२ वनवर्षा बस्ने राजेन्द्रकुमार चौधरीका ११ वर्षीय छोरा सचिन र बैजनाथ चौधरीका १४ वर्षीय छोरा अनिष नदीको तटबन्धमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
नुहाउने क्रममा बेपत्ता भएका दुवै बालकको खोजीकार्य गर्दै जाँदा दिउँसो छुट्टाछुट्टै अवस्थामा मृत भेटिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मृतक दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल राखिएको बताइएको छ ।