मंसिर ०७, २०८१, शुक्रबार
               

अत्यावश्यक परेकालाई मात्र गाउँ फर्काइने

रासस
बैशाख १४, २०७७

ADVERTISEMENT

मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको कार्यपालिकाको बैठकले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीको समयमा अत्यावश्यक परेका आफ्ना नागरिकलाई मात्र गाउँ फर्काउने निर्णय गरेको छ ।

अत्यावश्यक परेका बाहेकलाई जहाँ छन्, त्यहीँ रहने र आवश्यक परेकालाई सोही ठाउँमा पुगी राहत वितरणको व्यवस्था गर्ने पनि गाउँपालिकाले निर्णय गरेको छ । गाउँपालिकामा स्थायी ठेगाना भई काठमाडौ उपत्यकाभित्र बसोबास गरिरहेका नागरिकलाई राहत र उद्धारमा सघाउन पनि आग्रह गरिएको गउँपालिकाका अध्यक्ष टासी लामाले बतए ।
 
जुगलमा आवतजावतमा रोक 
स्थानीय तहले उपत्यकाबाट धमाधम आफ्ना नागरिकलाई गाउँ ल्याइरहेका बेला जुगल गाउँपालिकाले आवागमन रोकेको छ । दैनिक ज्यालादरी मजदुरी गर्ने र  काठमाडौं उपत्यकामा अलपत्र परेका जुगलबासीको परिवार संख्याका आधारमा राहत उपलब्ध गराउन भने गाउँपालिकाले पहल गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष  र वडाध्यक्षहरुले हस्ताक्षर गरी जारी गरेको संकल्प प्रस्तावमा जस्लाई जहाँ समस्या परेको हो, त्यहाँ त्यहीरूपमा समाधान गर्ने जनाइएको छ । पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले गाडीमा कोचाकोच गरेर धमाधम मानिस ल्याउने प्रवृत्ति देखिएकाले आफूहरु कडाइ गर्न विवश भएको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि