मंसिर ०७, २०८१, शुक्रबार
               

दमकमा आजदेखि स्वाब सङ्कलन थालिने

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि झापाको दमकमा आजदेखि स्वाब सङ्कलन गरिने भएको छ ।

 कोरोनाको सङ्क्रमण फैलिन नदिन स्वाब सङ्कलन गर्न लागिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनुगमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रका मानिसको स्वाब सङ्कलन गर्न लागिएको होु, उनले भने, ‘यसबाट सङ्क्रमण नियन्त्रण र रोकथाममा सहयोग पुग्नेछ।’ 

नगर उपप्रमुख गीता अधिकारीले सङ्क्रमितको घर र नजिकैको भुटानी शरणार्थी शिविरसमेत सिल गरिएको बताइन् ।

कोरोना पुष्टि भएपछि दमक नगरपालिकाले सङ्क्रमण देखिएको वडा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि