चितवन । चितवनको राप्ती नगरपालिकाका २७ वर्षीय कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् ।
उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ । ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जनाएकाे छ ।
भरतपुर र काठमाडौं टेकुमा गरिएको पिसिआर परीक्षण पोजेटिभ आएपछि उनीलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।