मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा लकडाउन खुकुलो, पसल खोल्न पाइने

एजेन्सी
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्नको लागि भारतमा लगाइएको लकडाउन खुकुलो गरिने भएको छ ।

आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भारतको गृह मन्त्रालयले सूचना जारी गरेको छ ।

तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

मदिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्रमा पसल खोल्न पाइने छैन ।

केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ भन्दा बढी पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गइसकेको छ ।

भारतमा पहिलो चरणमा १२ चैतबाट २ वैशाखसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । संक्रमण तिव्र रुपमा फैलिएपछि लकडाउन पनि २१ वैशाखसम्मका लागि बढाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि