काठमाडौँ महानगरपालिकाले वैशाख १० गतेसम्म साढे ६२ हजारलाई राहत बाँडेको दाबी गरेको छ । धेरैले राहत नपाएको तथा राहत वितरणमा राजनीति भएको पीडितहरूको गुनासो आइरहँदा महानगरले भने सबै पीडितलाई राहत दिएको दाबी गरेको छ । काठमाडौँ नगरपालिकाले ४० हजार २ सय १९ परिवारलाई र दाताहरूले २२ हजार ५ सय ८ परिवारलाई गरी ६२ हजार सात सय २७ परिवारले राहत पाएको महानगरले जनाएको छ ।
यस्तै १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको छ । सरकारले कोरोनाबाट उद्योगधन्दा, कलकारखाना बन्द भएर रोजगारी गुमाएका मजदुर तथा विभिन्न क्षेत्रका मजदुरलाई राहत बाँड्दै आएको छ ।