जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडौं । हाल देशमा पश्चिमि वायू र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट समेत जलवाष्फयुक्त हावा नेपाल भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले (शुक्रबार बिहान) देशभर आंशिक बदली रहेको छ।

आज दिउँसो देशका मध्य र पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ। 

मध्य र पूर्वी भूभागका अधिकांश स्थानमा र पश्चिमी भूभागका केही स्थानमा  मेघगर्जन, चट्याङ्ग, असिना  र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली  रही मध्य र पूर्वी भूभागका केही स्थानमा  र पश्चिमि भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना छ।

शनिबारको मौसम 

शनिबार देशभर आंशिक देखि सामान्य  बदली रहने छ।देशका पश्चिमका भूभागका केही स्थानमा साथै मध्य र  पूर्वी भूभागका केही स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिक देखि सामान्य बदली  रही पश्चिमी पहाडी भूभागका एक–दुइ स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

आइतबारको मौसम 

आइतबार देशभर आंशिक देखि सामान्य बदली रहने छ।देशका केही स्थानमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि