जेठ ०७, २०८१, सोमबार
               

क्वारेन्टाइनमा साबुन र स्यानिटाइजरको  अभाव

रासस
बैशाख १२, २०७७

ADVERTISEMENT

जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ इलाका स्वास्थ्यचौकी हाटसिञ्जामा राखिएका क्वारेन्टाइनमा आधारभूत सुविधा अभाव देखिएको छ । हाल यहाँ १५ शय्या को क्वारेन्टाइनमा १६ जनालाई राखिएकोमा उनीहरूलाई प्रयोग गर्न साबुन र स्यानिटाइजर पनि छैन । आफूहरू कसरी सुरक्षित रहने भन्ने चिन्ता भएको त्यहाँ रहेका खगेन्द्र खत्रीले गुनासो गरे ।

स्वास्थ्यचौकीका इन्चार्ज वीरेन्द्र उपाध्यायले साबुन नहँुदा आफूहरूले प्रयोग गर्ने साबुन पाँचलाई एकका दरले व्यवस्था गरेको बताउँछन्  । क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरिए पनि समितिले समन्वय नगरेको जनाइएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेत्रबहादुर खत्रीले क्वारेन्टाइनमा बस्नेहरूलाई नआत्तिन भनरे हौसाला दिइएको बताए । सिञ्जावासीले अन्य राहत पनि नपाएको गुनासो गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि