मंसिर ०७, २०८१, शुक्रबार
               

ट्रकसहित दुई सय ७५ बोरा प्याज नियन्त्रणमा

रासस
बैशाख १२, २०७७

ADVERTISEMENT

व्यास नगरपालिका कार्यालय दमौलीले एक ट्रकसहित २ सय ७५ बोरा प्याज, आलु र केही बोरा चामल नियन्त्रणमा लिएको छ ।  व्यास–३ का मुनिलाल शाहका पसलमा नगरपालिकाले बिहीबार बन्द गरी ट्रकसहित खाद्य पदार्थ नियन्त्रणमा लिएको हो । 

सामान ल्याउन प्रयोग गरिएको ग.१क ३५१२ नम्बर ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको  नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । कोभिड–१९ लाई ध्यानमा राखी नगरपालिकाले केही दिनअघिदेखि नै भारतबाट कुनै पनि सामान आयातमा रोक लगाएको छ ।

भारतको सीमाबाट उक्त सामान लुकाइछिपाई ल्याएको थाहा भएपछि नगरपालिकाको सक्रियतामा पसल बन्द गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। 
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि