जेठ ०५, २०८१, शनिबार
               

कोरोना नियन्त्रणमा नेपालको प्रयास दक्षिण एसियाकै उदाहरणीय- भारतीय राजदूत

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि नेपालले गरेको प्रयास दक्षिण एसियाका लागि उदाहरणीय रहेको बताएका छन् । 

भारत सरकारले सहयोग गरेका अत्यावश्यक औषधि हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड—१९ नियन्त्रणका लागि नेपालको प्रयास उदाहरणीय रहेको बताएका हुन् । विश्वव्यापी महामारीका रुपमा रहेका कोभिड—१९ महामारीको सशक्त र सकारात्मक रुपले नेपाल र नेपाली जनताले गरिरहेका सामना प्रशंसनिय मात्रै नभएर एसिया क्षेत्रका लागि उदाहरणिय रहेको उनले बताए। नेपालसँगै क्षेत्रिय देशभित्र सकारात्मक सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै राजदूत क्वात्राले भने, ‘‘पहिलो चरणमा २३ टन औषधि हस्तान्तरण भएको छ । यो भारत सरकार र भारतीय जनताको तर्फबाट भएको सहयोगको उदाहरण हो । अर्को हप्ता थप सहयोग गर्ने वाचा पनि गर्दछौँ ।’’

सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरूसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्ध रहेकाे बताए । 

सहयोग सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिमा पनि भारतले नेपाललाई सहयोग गर्छ भन्ने उदारहण दिएको बताए। आफूलाई परेको अप्ठ्यारोमा पनि छिमेकीको नाताले भारतले गरेको सद्भाव र सहयोगका लागि मन्त्री ढकालले धन्यवाद ज्ञापन गरे ।

भारत सरकारले विभिन्न १८ किसिमका २३ टन औषधि नेपाललाई दिएको हो । प्राप्त सहयोग नेपालका लागि भारतीय राजदूत क्वात्राले स्वास्थ्यमन्त्री ढकाललाई हस्तान्तरण गरे । पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरू नेपाललाई सहयोग गरेको हो । औषधिहरू विभिन्न चरणमा प्राप्त हुने मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि