जेठ ०२, २०८१, बुधबार
               

लकडाउनमा चोरी गर्ने पक्राउ

नेपाल फ्ल्यास
बैशाख १०, २०७७

ADVERTISEMENT

कैलाली । लकडाउनको मौका छोपेर पसलबाट चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चोरीको आरोपमा कैलालीको गौरी गंगा नगरपालीका १० भगतपुरका  २० वर्षीय केशव चौधरी पक्राउ परेका हुन् ।

उनले चैत २० गते कैलारी गाउँपालिका ८ को पृथ्वीपुर मोहना वजारस्थित रुभान फेन्सी पसलवाट लुगा ,कपडा, नगद, चेक, पासवुक, गरी ५३ हजार ७५० रुपैयाँ र कविर एण्ड राज ट्रेडर्स वाट मोवाईल, राउटर गरि ४९,१५० रुपैयाँ वरावरको सामान चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । 

अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीएका सवै सामानसहित चौधरीलाई पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि