परासी । प्रदेश ५ मा पहिलोपटक र्यापिड डाइग्नस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा एक व्यक्तिको रिपोर्टमा (एन्टिबडी) पोजिटिभ देखिएको छ।
पश्चिम नवलपरासी, बर्दघाटका ७८ वर्षीय वृद्धको रगत आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।
प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो घटना हो।
बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय व्यक्तिलाई परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा भर्ना गरिएको छ ।
उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको छ।
आज बेलुकासम्म उनको रिपोर्ट आउने जिल्ला पृथ्वीचन्द्र अस्पतालले जानकारी दिएको छ ।
छातीमा असहज महसुस भएपछि उनी चिसापानी अस्पताल पुगेका थिए। त्यस क्रममा र्यापिड टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएको हो।
उनको परिवारका अन्य सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको जिल्ला अस्पतालले जानकारी दिएको छ।