जेठ ०७, २०८१, सोमबार
               

गोरखामा १६ वर्षीया किशोरी बलात्कृत

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

गोरखा । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।

पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको उनले बताए । 

वैशाख ३ गते  दिउँसो  ४ः३० बजेको समयमा आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई बलात्कार गरेको खुल्न आएको उपरीक्षक अधिकारीले जानकारी दिए ।
 
पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

उनलाई जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि