जेठ ०५, २०८१, शनिबार
               

विद्युत् सर्टबाट धादिङमा आगलागी, दुईको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सोमबार राति धादिङ जिल्लाको थाक्रेमा विद्युत् सर्टबाट आगलागी भएको छ । उक्त घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत् प्रसारण लाइन ट्रान्समिटरमा आगो लागेर दुईको मृत्यु हुनुका साथै करिब आधा दर्जन गम्भीर घाइते भएको बताइएको छ। 
 
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनास्थलमा प्रहरी र प्राविधिकहरुलाई पठाएको बताए । उनका अनुसार आगलागीबाट मृतकको शव खानीखोला प्रहरी कार्यालयमा ल्याइएको र घाइतेहरूलाई अस्पताल पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि