जेठ ०७, २०८१, सोमबार
               

यस्तो देखियो आजको मौसम

नेपाल फ्ल्यास
बैशाख ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार अहिले  देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ भने बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ ।

महाशाखाले जारी गरेको सोमबारको मौसम पूूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य  बदली  रहने छ। साथै, अपरान्ह पश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

राति  देशभर आंशिक देखि सामान्य  बदली  रहने र  पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि