असोज ०६, २०८१, आइतबार
               

आरडिटीबाट सबै जिल्लामा परीक्षण सुरु

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोभिड–१९ का बिरामी पहिचानका लागि र्‍यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट आठ हजार १७ जनाको परीक्षण भइसकेको जानकारी दिइयो । 

मुलुकभरका क्वारेन्टाइनमा बस्ने व्यक्तिको सङ्ख्या आज चार हजार ५३६ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । आइसोलेसनमा बसेका सङ्क्रमितको सङ्ख्या ११७ रहेकामा काठमाडौँ उपत्यकाभित्र पाँच र बाहिर ११२ रहेका छन् । मन्त्रालयमा रहेका दुई कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा तीन हजार २१ कल प्राप्त भएकामा सबैको मन्त्रालयबाट सम्बोधन गरिएको जानकारी दिइयो । 

    मोवाइल एप्लिगेसन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार १३० पुगेको छ ।     २४ घण्टामा मात्र एक हजार ११८ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरूमध्ये तीन सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २५४ जना रहेको छ ।

शुक्रबार थप १४ जनामा कारोनाको पुष्टि भएसँगै मुलुकमा कोभिडङ–१९ सङ्क्रण हुनेको सङ्ख्या ३० पुगेको छ । उदयपुरमा १२ र चितवनमा दुई जना पछिल्ला सङ्क्रमणबाट पुष्टि भएका हुन् । कूल सङ्क्रमितमध्ये उपचारपछि निको भइ दुई जना घर फर्किसकेका छन् भने २८ जना उपचाररत छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका मध्ये एक जना किशोरी निको भइ घर फर्केकी छिन् । 

विभिन्न जिल्लामा द्रुतमार्गबाट गरिने र्‍यापिट डायग्नोष्टिक भइरहेका र त्यसमा पोजेटिभ देखिएकाको पिसिआर प्रविधिबाट परीक्षण जारी छ ।     सङ्क्रमित टेकु अस्पतालमा एक, पाटनमा दुई, बाल रोगमा दुई, धनगढीमा पाँच, वीगञ्जमा चार, भरतपुरमा दुई र विराटनगरमा १२ जनाको उपचार भइरहेको छ । ती सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

यसैबीच कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको नाम सार्वजनिक नर्गन सबै सञ्चारमध्यमसँग स्वास्थ मन्त्रालयले आग्रह गरेको छ । लकडाउनको प्रभावबाट असहज महशुस गरेका बालबालिका र किशोर किशारीलाई रमाइलो वातावरण सृजना गरी घरभित्रै रहन सुझाव दिइएको छ । 

टेकुमा कोभिड–१९ सङ्क्रमणलाई परास्त गरी निको भएर घर जाँदै गरेकी किशोरी प्रसिद्धि श्रेष्ठले सरकारले घोषणा गरेको लकडाउन आदेश पूर्ण पालना गर्न सबै नागरिकलाई आग्रह गरेकी छन् । उनले उपचारमा रहेका बिरामीलाई उच्च मनोवल राख्न सुझाव पनि दिएकी छन् । 


कस्तो लाग्यो ?

यो पनि