बैशाख २९, २०८१, शनिबार
               

विपन्नको राहतको सूचीमा सम्पन्नको नाम राखेको भन्दै विरोध प्रदर्शन

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । धनुषको जानकनन्दी गाउँपालिकामा लकडाउनको उल्लंघन गर्दै विरोध प्रदर्शन भएको छ । 

गाउँपालिकाको वडा नम्बर–३ महुवाले धनी वर्गलाई मात्रै राहत दिएर वास्तविक गरीब, विपन्नलाई नदिएको भन्दै शनिबार विरोध प्रदर्शन  भएको हो । 

विपन्नको नाममा सम्पन्नहरूले राहत पाएको भन्दै  दर्जनौंको संख्यामा आएका स्थानीयले वडा कार्यालय घेराउ गरी वडा अध्यक्षसहितका जनप्रतिनिधिविरुद्व चर्काे नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीले वडा कार्यालयले राहत पाउनको सूचीमा गरीबभन्दा धनीहरूको नाम राखेर वितरण गर्न थालेकाले आफूहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताएका छन् ।

वडा कार्यालयले दुई सय परिवारलाई शनिबार राहत वितरण गर्ने तयारी भइरहँदा स्थानीयले प्रदर्शन गरेपछि उक्त राहत वितरण स्थगित भएको छ । 

यो पनि