बैशाख २१, २०८१, शुक्रबार
               

नेपालकी दोस्रो कोरोना संक्रमित युवती भइन् डिस्चार्ज

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएकी हुन् ।

गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएकी उनी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । 

उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । 

आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको पनि उनले बताएकी छन् । 

काठमाडौंकी प्रसिद्धि चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुईजना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

उनीहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि