बैशाख २१, २०८१, शुक्रबार
               

'यस्तो बेला ममाथि किन यसरी प्रतिशोध साँधियो ?'

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ।

कोरोना भाइरसबारे सञ्चारमाध्यममा निरन्तर जानकारी गराइरहेका डा. पुनलाई सरकारले स्पष्टीकरणको माग गर्दै पत्र पठाएको हो ।

कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई पत्र पठाएको हो।

डाक्टर पुनले आफूलाई स्पष्टीकरण माग गरेर पत्र पठाइएको सुनेको तर पत्र पाइनसकेको प्रतिक्रिया दिए । 

उनले आफूले कोरोना भाइरसका विषयमा ‘नीतिगत’ कुरा नगरी प्राविधिक कुरा मात्र सञ्चारमाध्यममा गरेको जानकारी दिए ।

पछिल्लो दिन र्‍यापिड डाइग्नस्टिक टेस्ट र पीसीआर टेस्टका विषयमा मात्र आफूले बोलेको उनको भनाइ छ।

आफूलाई के–के आरोप लगाइएको छ त्यो पत्र प्राप्त भइनसकेकाले केही भन्न नसकिने उनले बताए । यस्तो बेला किन यसरी प्रतिशोध साँधियो आफूले बुझ्न नसकेको उनले बताए ।

आफू सुरुवाती चरणदेखि नै दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरहेको डा. पुनले बताए ।


कस्तो लाग्यो ?

यो पनि