असोज ०६, २०८१, आइतबार
               

डोटीमा एक मजदुरको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

डोटीको बडिकेदार गाउँपालिका–१ बिपीनगरमा रहेको सालमुनि जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ ।

शुक्रबार भर्‍याङबाट लडेर उनको मृत्यु भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार मृत्यु हुनेमा कालिकोट जिल्ला सानीत्रिवेणी गाउँपालिका–६ बस्ने १६ वर्षीय पारस धामी रहेका छन् । 

उक्त जलविद्युत् आयोजनामा रहेको एसी ममर्त गर्ने क्रममा भर्‍याङबाट खसेर उनी गम्भीर घाइते भएका थिए । 

धामीलाई उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिपीनगर डोटीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि