बैशाख १७, २०८१, सोमबार
               

सशस्त्र बस्ने घर भत्किँदा चार प्रहरी घाइते

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

रौतहट । शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किएको छ । उक्त घर भत्कँदा एकजना हवल्दारसहित चार प्रहरी घाइते भएका छन् ।

भारतीय सीमानासँगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत चार जना प्रहरी घाइते भएका हुन् ।

असिना र पानी परिरहेको बेला प्रहरीहरु आफ्नै कोठामा बसिरहेका थिए । एक्कासि आएको हुरीले घर भत्काँउदा सशस्त्र प्रहरी हवलदार जंगबहादुर दराई, प्रहरी जवानहरु धिरेन्द्र साह कलवार, बिरेन्द्र साह कानु र प्रथलाल श्रेष्ठलाई चोटपटक लागेर घाइते भएको बिओपीका ईन्चार्ज प्रहरी निरिक्षक दिपनरसिंह राईले बताए ।

घाइतेहरुको बंकुलस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य हुँदै गएको बताइएको छ ।

बंकुलस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोष्टको कार्यालय स्थापना देखि नै खपडा र कर्कटको छाना रहेको कच्ची घरमा बस्दै आएका छन् । 

बजेटको अभावमा लामो समयदेखि उक्त घरको मर्मत नहुँदा हावाहुरीले भत्काएको हो ।


कस्तो लाग्यो ?

यो पनि