काठमाडौं । कालोबजारी गर्ने झापाका एक व्यापारीलाई ११ हजार जरिवाना तिराइएको छ । लकडाउनको बेला बढी मूल्यमा चोकर बिक्री गर्ने झापाका एक व्यापारी कारबाहीमा परेका हुन् ।
जार अनुगमन समितिले भद्रपुर नगरपालिका–६ झापाचोकस्थित गङ्गा भण्डारका सञ्चालक राजेन्द्र महतोलाई ११ हजार जरिवाना तिराएर कारबाही गरेको हो ।
उन बजारमा चलेको मूल्यभन्दा बढीमा चोकर बिक्री गर्दै आइरहेकोमा उजुरी परेपछि घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयले कारबाही गरेको हो ।