जेठ ०७, २०८१, सोमबार
               

यस्तो आजको मौसम

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ

। साथै, हाल देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो  देशभर आंशिक देखि सामान्य  बदली  रहने र देशका मध्य, पूर्वका केही स्थानहरूमा साथै पश्विमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ । 

राति  देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी  भू–भागमा आंशिक देखि सामान्य बदली रहने पूर्वानुमान छ । 

त्यस्तै,  देशको पूर्वी भू–भागका र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि