मंसिर ०७, २०८१, शुक्रबार
               

एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ३० पुग्यो

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार एकैदिन १४ जनामा कोरोना पोजेटिभ देखिएकाे छ । उदयपुरकाे एक मस्जिदमा लुकेर बसेका १२ जना र चितवनमा २ जनामा संक्रमण भेटिभएको हो ।

उदयपुरका संक्रमितको बिहीबार विराटनगरमा गरिएको पीसीआर परीक्षणमै कोरोना पोजेटिभ देखिएको थियो । चितवनका पनि पीसीआर परीक्षण गर्दा दुई जनामा संक्रमण देखिएपछि पुन: राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो ।

उदयपुर जिल्लामा १२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो । साथै चितवनमा २ जना गरी १४ जनामा पोजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उदयपुर तथा चितवनका सबै संक्रमित पुरुष रहेको मन्त्रालयले जनाएकाे छ ।

चितवनमा रहेका दुवै जना बेलायतबाट आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले जानकारी दिएका छन् । उनले परीक्षणको दायरा अझै बढाउनुपर्ने र सावधानी अपनाउनु पर्ने बताए ।

हेर्नुस् स्वास्थ्य मन्त्रालयको जानकारी


कस्तो लाग्यो ?

यो पनि