मंसिर ०७, २०८१, शुक्रबार
               

विराटनगरमा पीसीआर परीक्षणमै ८ जनामा संक्रमण, काठमाडौँमा पुन: परीक्षण हुँदै

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोसी अस्पतालमा गरिएको कोरोना भाइरस प्रयोगशाला परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि पुन: परीक्षण गरिँदै छ ।

विराटनगरमा हिजो बिहीबार गरिएको पीसीआर परीक्षणमा ८ जनालाई संक्रमण देखिएको थियो । त्यसपछि ८ जनाकै स्वाब पुन: परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले नेपाल फ्ल्यासलाई दिएको जानकारीअनुसार कोसी अस्पतालमा पीसीआरबाट गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीहरू भारतबाट आएर मस्जिदमा लुकेर बसेकाे अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ । 

कोसी अस्पतालको परीक्षणमा कोरोना पोजेटिभ देखिएका सबैजना उदयपुरको मस्जिदमा लुकेर बसेका थिए । मस्जिदमा लुकेर बसेका १० जनालाई नियन्त्रणमा लिएर कोरोना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता कट्टेलले बताए ।  मन्त्रालयका प्रवक्ता कट्टेलका अनुसार १० जनामध्ये २ जनाकाे रिपोर्ट नेगेटिभ आएको थियो ।

हाल उनीहरू सबै जनालाई कोसी अस्पतालको आइसोलेसनमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि