बैशाख २८, २०८१, शुक्रबार
               

राहत वितरणमा ढुंगा प्रहार हुँदा दुईजना घाइते

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राहत वितरणका क्रममा असन्तुष्ट पक्षले ढुंगा प्रहार गर्दा दुईजना घाइते भएका छन् । 

पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् ।

विनोदको गर्धनमा चोट लागेको छ भने चन्द्रिकाको टाउकोमा छ । हाल उनीहरुलाई उपचारका लागि वीरगन्ज पठाइएको छ । 
इलाका प्रहरीले विपन्नलाई राहत वितरणमा छोडेको भन्दै असन्तुष्ट पक्षले लुकेर ढु्ंगा प्रहार गर्दा उनीहरुलाई चोट लागेको जानकारी दिएको छ । 

तर, गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले राहत वितरण कार्यक्रम बिथोल्ने उद्देश्यले विरोधीले ढुंगा प्रहार गरेको बताए । उनले भने, ‘यहाँ राजनीतिक स्वार्थ पूरा गर्नका लागि ढुंगा हान्ने षड्यन्त्र भएको छ ।’
 

यो पनि