मंसिर ०७, २०८१, शुक्रबार
               

जनकपुरको सडकमा महिलाहरुले पैसा छरेर भागेपछि...

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

जनकपुर । प्रदेश २ को जनकपुरधाममा दुई जना महिलाले सडकमा १० रुपैयाँका नोटहरु फालेर भागेका छन् ।

शुक्रबार दिउँसो उनीहरुले सडकमा यत्रतत्र १० रुपैयाँका नोट फालेर भागेको स्थानीयले बताएका छन् ।

जनकपुरधाम वडा नम्बर ४ स्थित महावीर चोकमा अपरिचित दुई महिलाले सडक र पसल अगाडी पैसा फालेर भागेपछि स्थानीयवासी त्रसित बनेका छन् ।

स्थानीयवासीहरुले कोरोना संक्रमण फैलाउने उद्धेश्यले ती महिलाले पैसा छरेर भागेको हुनसक्ने आशंका गरेका छन् ।

निलो र हरियो रंगको साडी लगाएका ती महिलाले करिब सय मिटरको दूरीसम्म सडकमा र पसल अगाडी १० रुपैयाँको नोट फालेको स्थानीयले बताए ।

स्थानीयले सडकमा किन यसरी पैसा फालेको भनेर सोधेपछि ती महिलाहरु पेठिया बजारतर्फ भागेको बताइएको छ ।

‘निलो र हरियो रंगको लुगा लगाएकी मुस्लिमजस्तै देखिने दुईजना महिलाहरुले पैसा फालेर भागेका एक स्थानीयले बताए ।

ती महिलाहरुले फालेको पैसा केही मानिसले टिपेका छन् । घटनापश्चात स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । 

प्रहरीले नोट छरिएको ठाउँमा तत्कालै सेनिटाइजर छर्केको छ । सडकमा छरिएका केही नोट प्रहरीले समेत टिपेको छ ।

सडकमा नोट फाल्ने महिलाको खोजी भइरहेको जिल्ला प्रहरीले जनाएको छ । 

साथै सडकमा छरिएका नोट टिप्ने स्थानीयको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि