असोज ०६, २०८१, आइतबार
               

घर हिँडेका नागरिकलाई मुख्यमन्त्री पोखरेलको यस्ताे आग्रह

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

कपिलवस्तु । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले नजीकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन् ।
 
'घर जान भनेर प्रदेश ५ भित्र आइपुगेका सबै प्रहरीको सहयोगमा नजीकै रहेको क्वारेन्टाइनमा गइदिनुहोला, त्यहाँ खानेबस्ने व्यवस्था छ ', मुख्यमन्त्री पोखरलेले लेख्नुभएको छ ।

बन्दाबन्दीका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिक पैदल हिँडेर आआफ्ना घरतर्फ जानेक्रम नरोकिएपछि मुख्यमन्त्री पोखरेलले यस्तो अनुरोध गरे छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण निर्माण क्षेत्रमा रहेका मजदूर बढी समस्यामा परेका छन् ।

काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदलै आआफ्ना घरतर्फ लागेका छन् । काठमाडौँलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा र  प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन् ।

गत आइतबार रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो । उनीहरु लामो बाटो दिनरात पैदल हिँडेर यहाँ आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि