असोज ०६, २०८१, आइतबार
               

कतारबाट फर्किएका युवा क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

रौतहट । एक महिनाअघि कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरी र सहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा लगेर राखेको छ ।

उनी गत चैत ४ गते कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट नेपाल फर्किएका थिए । 

उक्त फ्लाइटबाट नेपाल आएकाहरुको अवस्था पत्ता लगाउने क्रममा प्रहरीले चन्द्रपुर नगरपालिका १ वाग्मतीबाट उनलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा लगेको हो ।

कतार एयरबेजका सो फ्लाइटमा चढेका केही नेपालीमा कोरोना संक्रमण देखिएपछि प्रहरी प्रधान कार्यालयले सबैको खोजीका लागि देशभरिकै प्रहरी युनिटलाई पत्राचार गरेको थियो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसर, युवामा आरडिटी र्‍यापिड डाइग्नोस्टिक टेस्ट) विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको र आज पुनः स्वाब परीक्षण गरिने छ ।

सोही विमानबाट आएका रौतहट रंगपुरका अर्का व्यक्तिको पनि खोजी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि