असोज ०६, २०८१, आइतबार
               

छोरी छट्पटाएको आमाले देखिन्, सल काटेर बचाउन खोज्दा...

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

बर्दिवास । महोत्तरीको बर्दिवासमा एक किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बर्दिवास नगरपालिका ९ की १६ वर्षीया प्रियंका कुमारी महतो आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको बर्दिवास प्रहरीले जानकारी दिएको छ ।

किशेरीले आफ्नै सलको पासो बनाई झुन्डिएर छट्पटीरहेको अवस्थामा उनकी आमा सुर्यकला देवी महतोले देखेपछि किशारी झुन्डिएको सल काटेर बचाउन खोजेकी थिइन् । 

तर, तुरुन्तै उनको मुत्यु भएको मृतकको परिवारले बताएको छ ।

घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको बर्दिवास प्रहरीले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि