मंसिर ०७, २०८१, शुक्रबार
               

म्याद नाघेको सामान फेला, साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालयमा ताला

रासस
बैशाख ०५, २०७७

ADVERTISEMENT

सिँजा । जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ । गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो ।

 जिप्रकाले वितरित नुनको गुणस्तर सम्बन्धमा डिपोले जवाफ नदिएको र जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षामा प्रतिकूल प्रभाव पर्ने जनाई उक्त कार्यालयको गोदाममा रहेको नुन बिक्रीवितरण कार्य अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिएको थियो । 

इलाका प्रशासन कार्यालय, नराकोटका कामु कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईँ, प्रनानि भूपेन्द्रबहादुर शाही तथा सिंँजा –३ का रतनबहादुर शाही, प्रेमप्रसाद उपाध्याय र सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनाका साथै भवन बाहिर रहेको ४८ बोरा नुनसमेत बिहीबार बन्द गरिएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि