असोज ०६, २०८१, आइतबार
               

अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबारदेखि सरकारले लकडाउनलाई थप कडा पारेको छ । लकडाउनको अवधिमा पनि पैदलयात्री हिड्ने क्रम नरोकिएपछि गृहमन्त्रालयले लकडाउन अवधिभर एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन निर्देशन दिएको हाे ।

गृहको यो निर्देशनसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने छ । गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल पनि गरेको छ।


कस्तो लाग्यो ?

यो पनि