असोज ०६, २०८१, आइतबार
               

लकडाउन उल्ल‌ंघन गर्ने २ हजार ७ सय जना पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं। बिहीबार बिहान ६ बजे देखि साँझ ६ बजेसम्म काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने दुई हजार ७०८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

यसैगरी ४२० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४६९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ। काठमाडौंबाट सबैभन्दा बढी दुई हजार २०९ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी, ललितपुरबाट ४४४ र भक्तपुरबाट ५५ जनालाई नियन्त्रणमा लिएको छ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि