काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट नेपाली नागरिकलाई तत्काल फिर्ता ल्याउन आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता गरिरहेको सन्दर्भमा यस्तो आदेश दिएको हो ।