बैशाख २०, २०८१, बिहीबार
               

मेलम्ची खानेपानीको काम बन्द गर्न गाउँपालिकाकाे आग्रह

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो । 

बुधबार जिल्ला प्रशासन कार्यालयले औषधि र खाद्यवस्तुबाहेकका कुनै पनि गाडी प्रवेश गर्न नदिनु भन्ने परिपत्रबमोजिम आयोजनाका गाडी प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । त्यसैगरी आजको बैठकले गाउँपालिकाको कामबाहेक कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका बाहिर जान रोक लगाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि