असोज ०६, २०८१, आइतबार
               

हेटौँडामा विदेशबाट आएका चार जनाकाे ‘आरडिटी पोजेटिभ’

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका-४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । 

हेटौँडामा आजदेखि सुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका दुई वडामा ४९ जनाको रगतको नमूना परीक्षण गरिएको थियो । वडा नं ४ मा भने चार जनामा पोजेटिभ देखिएको परीक्षणमा संलग्न मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाईंले जानकारी दिए। 

परीक्षणका क्रममा ५० वर्षीया एक भारतीय महिलासहित २४, ३२ र ६७ वर्षका तीन जना पुरुष छन् । पोजेटिभ पाइएका पुरुषमध्ये २४ वर्षीय युवा साउदी अरेबियाबाट आएका थिए भने अरू भारतबाट आएका थिए । रक्त नमूनाको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको स्वाब सङ्कलन गरी प्रदेश सरकारद्वारा सञ्चालित प्रयोगशालामा पठाइएको जनाइएको छ । 

कोरोना पोजेटिभ भेटिएका चारै जनालाई हेटौँडा अस्पतालले सञ्चालन गरेको आइसोलेसन कक्षमा राखिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा उपमहानगरपालिकाले विदेशबाट फर्किएकाको कोरोना परीक्षण सुरु गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि