असोज ०६, २०८१, आइतबार
               

ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपाल एयरलाइन्सका दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो ।
    
चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ । दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो । 
    
लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तर्राष्ट्रिय उडान भरेको छ । यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन् । वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि