असोज ०६, २०८१, आइतबार
               

भरुवा बन्दुकसहित पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

कञ्चनपुर। कृष्णपुर नगरपालिका– ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ । 

सामुदायिक वनमा शङ्कास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका– ११ कालिका टोलका मोहनबहादुर साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । बन्दुकसहित पक्राउ परेका साउदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउनका लागि थप अनुसन्धानको कार्य भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि