असोज ०६, २०८१, आइतबार
               

चितवन राष्ट्रिय निकुञ्जकाे सुरक्षामा कडाइ

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  लकडाउनको मौका छोपी चितवन राष्ट्रिय निकुञ्जमा निषेधित गतिविधि बढ्न थालेपछि निकुञ्जको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

केही मानिसहरु भने लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएकाले चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा कडा बनाउनुपरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रुपाखेतीले बताए । 

‘लकडाउनको समयपछि निकुञ्ज प्रवेश गरेर विभिन्न क्रियाकलाप गर्ने करिब दुई सयजनालाई पक्राउ गरी कानुनी कारवाही गरिएको छ,’ उनले भने, ‘पक्राउ पर्नेमा एकजना गैंडाको खाग तस्कर गरी जेलजीवन बिताइसकेका व्यक्तिसमेत छन् ।’

सथै उनले लकडाउनको मौका छोपी विभिन्न बाहनामा निकुञ्ज प्रवेश गर्नेहरु बढेको समेत उनले बताए ।

‘लकडाउनको समयमा निकुञ्ज प्रवेश गर्नेहरुको सङख्या बढेको छ,’उनले भने, यस्तो शून्य समयमा तस्करहरुसमेत सलबलाउने भएकाले हामी पनि थप सजग र चनाखो बनेका छौँ ।’

लकडाउनकै समयमा निकुञ्जको अमलटारी र सौराहा नजिकको राप्तीमा तीन वटा घडियाल गोही मारिएका उनले बताए । 

सथै, उनले निकुञ्जभित्र भएर बग्ने नारायणी र राप्ती नदीमा तियारी जाल हालेर माछा मार्ने क्रममा गोही धेरै मारिने गरेको पनि प्रमुख संरक्षण अधिकृत जानकारी दिए । 

यो पनि