असोज ०६, २०८१, आइतबार
               

विदेशबाट फर्किएका एक युवामा ‘एन्टीबडी पोजेटिभ’

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

झापा । प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ ।

हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाइँले बताए । 

उनका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसिआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । 

हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ । 

बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ । 

हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो । 

अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ । 

प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।

प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आउँदैछ । 

अरु २६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ ।
 
प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । 

किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ । 

पिसिआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ । 

झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट घर फर्केका हुन् । 

उनको स्वास्थ्य अवस्था सामान्य छ । 

उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन् ।


कस्तो लाग्यो ?

यो पनि